कोटेश्वरमा स्कुटर दुर्घटना हुँदा एकको ज्यान गयो

कोटेश्वरमा स्कुटर दुर्घटना हुँदा एकको ज्यान गयो

काठमाडौं : काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

शनिबार काठमाडौं महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेटनजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२  ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

दुर्घटनामा स्कुटर चालक पेप्सीकोलाका  ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

१ बैशाख, २०८१, १८:१९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।