सरकारले संसद अन्त्य गरेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक

सरकारले संसद अन्त्य गरेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि त्यसैउपर छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ। 

‘नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मिति २०८१।१।२ गते बिहान ७ः३० बजे र नेपाली कांग्रेस संसदीय दलको बैठक सोही दिन बिहान ८ः०० बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ,’ कांग्रेस संसदीय दलको सचिवालयबाट जारी सूचनामा भनिएको छ। 

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो।

तर, गत शुक्रबार सत्तारुढ एमाले अधक्ष्य केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि कांग्रेसले अब के गर्ला भन्ने प्रश्नका बीच भोलि बैठक  बोलाइएको र आफूहरूले उठाएको समिति बनाउनुपर्ने मागबारे आफ्नो अडान अहिलेसम्म यथावत् रहेको कांग्रेसकी सचेतक सुशिला थिङले बताइन्।

१ बैशाख, २०८१, १६:०३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।