अष्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा नौ महिने बालकसहित आठ जनामाथि चक्कु प्रहार

अष्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा नौ महिने बालकसहित आठ जनामाथि चक्कु प्रहार

एजेन्सी : अष्ट्रेलियाको सिड्नीस्थित सपिङ मलमा नौ महिने बालकसहित आठ जनामाथि चक्कु प्रहार भएको छ। बोन्डी जंक्शनको वेस्टफिल्ड सपिङ सेन्टरमा अपरान्ह आठ व्यक्तिलाई चक्कु प्रहार भएको हो।

छुरा प्रहारबाट घाइते भएकाहरूलाई स्थानीय अस्पताल लगिएको न्यू साउथ वेल्स एम्बुलेन्सले जनाएको अष्ट्रेलियाली समाचार संस्था एबीसीले जनाएको छ। घाइतेहरूको अवस्थाको बारेमा सञ्चारमाध्यमलाई जानकारी गराइएको छैन।

बालकलाई र्यान्डविकको सिड्नी बाल अस्पतालमा लगिँदा अन्य सात जनालाई तीन छुट्टाछुट्टै अस्पतालमा लगिएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा सपिङ मलबाट ठूलो भीड दौडिरहेको देख्न सकिन्छ। प्रहरीले चक्कुधारी आक्रमणकारीलाई गोली हानेर मारेको न्यू साउथ वेल्स एम्बुलेन्सका अधिकारीलाई उद्धृत गरिएको समाचारमा उल्लेख छ।

प्रहरीले घटनास्थलबाट टाढा रहन स्थानीयलाई अपिल गरेको छ। प्रहरीले उक्त क्षेत्र खाली गरेको छ । तर, घटनास्थलमा एम्बुलेन्स र प्रहरीको गाडी रहेको तस्बिर सामाजिक सञ्जालमा भइरहेका छन्। कम्प्लेक्स बाहिरको हवाई फुटेजले ठूलो संख्यामा आपतकालीन सवारी साधन र कर्मचारीहरू देखाउँछ।

एक प्रत्यक्षदर्शीले भीड आफूहरूतिर आइरहेको देखेको र त्यसपछि गोली चलेको आवाज सुनेको बताएका छन्।

प्रत्यक्षदर्शीले भने, ‘त्यसपछि हामीले उनीहरू सबै हामीतिर दौडिरहेको देख्यौं। त्यसपछि हामीले बन्दुकको आवाज सुन्यौं। मेरा श्रीमानले हामीलाई तानेर पसलमा लगे। त्यहाँ उपस्थित एउटी महिलाले ढोका बन्द गर्न खोजिरहेकी थिइन्। तर, उनले अगाडिको ढोका बन्द गर्न सकेनन्। त्यसपछि हामी कार्यालयमा गयौं जुन हामीले बन्द गर्यौं।’

१ बैशाख, २०८१, १४:१०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।