श्रीमती हत्याका आरोपी पटेललाई पक्रन सहयोग गर्नेलाई अमेरिकाले १५ हजार डलर पुरस्कार दिने

श्रीमती हत्याका आरोपी पटेललाई पक्रन सहयोग गर्नेलाई अमेरिकाले १५ हजार डलर पुरस्कार दिने

एजेन्सी : संयुक्त राज्य अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले भारतीय मूलका भद्रेश पटेललाई पक्राउ गर्न सहयोग गर्नेलाई २५ हजार अमेरिकी डलर पुरस्कारको प्रस्ताव गरेको छ।

एफबीआईले एक भिडियो सार्वजनिक गरेर श्रीमती पलकको हत्या आरोपी पटेललाई पक्राउ गर्न सहयोग गर्नेलाई पुरस्कारको व्यवस्था गरेको हो।

एफबीआईले सन् २०१७ देखि भद्रेश कुमारको खोजी गरिरहेको छ। अहिले भने उनलाई ‘मोस्ट वान्टेड’को सूचीमा राखिएको छ।

एफबीआईले जारी गरेको भिडियो अनुसार अप्रिल २०१५ मा भद्रेश पटेल र उनकी श्रीमती पलकले डन्किन डोनट्समा नाइट शिफ्टमा काम गरेका थिए।

यस घटनापछि भद्रेश कुमार फरार छन् र एफबीआई उनको खोजीमा व्यस्त छ।

१ बैशाख, २०८१, ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।