ओखलढुंगामा एक युवकको चट्याङ लागेर मृत्यु

ओखलढुंगामा एक युवकको चट्याङ लागेर मृत्यु

ओखलढुंगा : ओखलढुंगामा जिल्लामा एक युवकको चट्याङ लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका-४ लोसा बस्ने ३८ वर्षीय बोमन बहादुर तामाङ रहेका छन्।

उनको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको हो।

घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चैत ३०, २०८० शुक्रबार १३:१५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।