बादशाहले गरे यमबुद्धको प्रशंसा, सम्झिए भिटेनलाई पनि

बादशाहले गरे यमबुद्धको प्रशंसा, सम्झिए भिटेनलाई पनि

काठमाडौं : भारतीय र्यापर बादशाहले नेपाली र्यापर यमबुद्धको प्रशंसा गरेका छन्।

एक पोडकास्टमा बादशाहले नेपाली संगीत किलर भएको बताउँदै र्यापर यमबुद्ध र भिटेनको प्रशंसा गरेका हुन्।

‘नेपाली संगीत किलर छ, उनीहरूको हिपहप गीत पनि एकदमै उत्कृष्ट हुन्छ,’ उनले भने, ‘यमबुद्ध नामक एक र्याएर थिए उनी बिते, अर्का एक जना भिटेन भन्ने छन्।’

बादशाहले आफ्नो गीत भारतमा भन्दा पहिला नेपाल र बंगलादेशमा ट्रेन्ड गर्नेसमेत बताए।

‘मेरो गीत पहिला बंगलादेश र नेपालमा ट्रेन्ड गर्छ, त्यसपछि मात्र इन्डियामा चल्छ’, उनले थपे।

भारतमा र्यापलाई खासै धेरै महत्व नदिए पनि नेपाल र बंगलादेशमा एयरपोर्टमा छिर्नेबित्तिकै छुट्टै भाइब्स आउने उनको भनाइ छ।

३० चैत, २०८०, ०९:१५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।