राष्ट्रिय सभाको बैठक बस्दै, निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ।
बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरी खाद्य स्वच्छता तथा गुणस्तर विधेयकबारे पनि छलफल हुनेछ।
कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ।
त्यसपछि मन्त्री साहले विधेयकमा ‘प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
चैत ३०, २०८० शुक्रबार ०८:५३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।