भियतनाममा वित्तीय कानून उल्लंघन गर्दा एक महिलालाई मृत्युदण्ड

भियतनाममा वित्तीय कानून उल्लंघन गर्दा एक महिलालाई मृत्युदण्ड

एजेन्सी : भियतनामकी एक रियल इस्टेट टाइकुनलाई वित्तीय कानूनको अवज्ञा गरेको अभियोगमा मृत्युदण्ड दिइएको छ। 

रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यान नामकी महिला व्यवसायीलाई उनले साढे १२ अर्ब अमेरिकी डलर अर्थात् भियतनामी मुद्रा ३०४ ट्रिलियन–डोङ अपचलन हुनेगरी वित्तीय कानूनको अवज्ञा गरेको अभियोगमा त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।

यो घटना भियतनामको इतिहासमै सबैभन्दा ठूलो भन्दै स्थानीय सञ्चारमाध्यमहरूले महत्वपूर्ण स्थान दिएका छन्। 

ती महिला व्यवसायीको मुद्दाको सुनुवाइ गत मार्च ६ मा सुरु भएको थियो।  अनुमानित समयभन्दा धेरैअघि नै फैसला आएको समाचारमा उल्लेख गरिएको छ। 

यसलाई भ्रष्टाचार विरुद्धको अभियानको एक नाटकीय नतिजा थियो भन्दै सत्तारुढ कम्युनिष्ट पार्टीका नेता न्गुएन फु ट्रोङले आलोचनात्मक प्रक्रिया दिएका छन्।

रियल इस्टेट व्यवसायका अग्रणी मानिने ती व्यवसायीको व्यापारिक कम्पनी भान थिन्ह फाट होल्डिङ्स ग्रुपकी उनी अध्यक्ष थिइन्। उनलाई हो ची मिन्ह सिटीको व्यापारिक केन्द्रमा भएको सुनुवाइको अन्त्यमा घोटाला, घूसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको आरोपमा दोषी पाइएपछि मुद्दा चलाइएको थियो।

चैत २९, २०८० बिहीबार १९:२९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।