आईपीएलमा आज मुम्बई र बैंग्लुरु भिड्दै, पछिल्लो पाँच खेलमा बैंग्लुरु हावी

आईपीएलमा आज मुम्बई र बैंग्लुरु भिड्दै, पछिल्लो पाँच खेलमा बैंग्लुरु हावी

काठमाडौं : इन्डियन प्रिमियर लिगमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेल हुँदैछ।

खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा मुम्बईको वाङखडे क्रिकेट स्टेडियममा हुनेछ।

मुम्बई हार्दिक पाण्ड्याको कप्तानीमा मैदान उत्रिँदा बैंग्लुरुको कप्तानी फाप डुप्लेसिसले गर्दैछन्।

जारी सिजनमा चार खेल खेलेको मुम्बईले सुरुवाती तीन खेल गुमाएर अन्तिम खेल भने जितेको थियो।

आज पनि मुम्बई बैंग्लुरुमाथि हावी हुँदै लगातार दोस्रो जित निकाल्ने दाउमा रहनेछ।

उता बैंग्लुरुलेले भने खेलेका पाँच खेलमध्ये एउटा मात्र खेल जितेको छ। बैंग्लुरु पनि आफ्नो दोस्रो जितको खोजीमा रहनेछ।

यी दुई टोलीबीच भएका पछिल्ला पाँच खेलमा मुम्बई एकपटक मात्र विजयी भएको छ।

यद्यपि दुई टिमबीच अहिलेसम्म भएका ३२ खेल हेर्दा मुम्बई १८ र बैंग्लुरु १३ खेलमा विजयी भएका छन्।

२९ चैत, २०८०, १४:०३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।