राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित, एकीकृत समाजवादीको पनि समर्थन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित, एकीकृत समाजवादीको पनि समर्थन

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी सांसद विमला घिमिरे निर्वाचित भएकी छन्। बुधबारको राष्ट्रियसभा बैठकमा भएको मत विभाजनबाट उनी निर्वाचित भएकी हुन्। 

उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत गरेको थियो। बैठकमा ५५ सांसद उपस्थित रहेको बैठकमा १६ मत विपक्षमा खसेको थियो।

घिमिरेलाई माओवादी र एकीकृत समाजवादीले समर्थन गरेका थिए। 

त्यसअघि भएको मत विभाजनमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो। 

यसअघिकी माओवादीकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त भएको पदमा आज निर्वाचन भएको हो।

चैत २८, २०८० बुधबार १५:१३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।