प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित

प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक २०८१ वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ।

आकस्मिक समयमा हरेका दलका नेताहरूले आ-आफ्नो धारणा राखेपछि सभामुख देवराज घिमिरेले संसदको नियमित कार्यसूचीमा प्रवेश गरे।

त्यसपछि प्रतिपक्षी दलका सांसदहरूले उठेर नारबाजी गरेका थिए। उनीहरूले ‘संसदीय छानबिन समिति गठन गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘संसदीय मर्यादा पालन गर्’ जस्ता नाराबाजी गरेका थिए।

सभामुख घिमिरेले आसन ग्रहण गरेर संसदको कारबाहीलाई निरन्तरता दिन आग्रह गरे पनि उनीहरूले सुनेनन् अनि सभामुखले बैठक वैशाख २ गते विहान ११ बजेसम्मका लागि स्थगित गरे।

चैत २८, २०८० बुधबार १३:२५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।