मिशिगनमा गोली चलाउने एक किशोरका अभिभावकलाई १० र १५ वर्षको जेल सजाय

मिशिगनमा गोली चलाउने एक किशोरका अभिभावकलाई १० र १५ वर्षको जेल सजाय

एजेन्सी : चार जना विद्यार्थीको मृत्यु हुने गरी अमेरिकाको मिशिगनमा गोली चलाउने एक किशोरका अभिभावकलाई अदालतले १० र १५ वर्षको जेल सजाय सुनाएको छ।

सुरूमा पहिलो सन्तानको आमाबुवालाई सात वर्षको सजायको प्रस्ताव गरिएको थियो। तर, अभियोजन पक्षले सजाय बढाउन माग गरेको थियो। जेम्स र जेनिफर क्रम्बली मंगलबार सजायको घोषणा हुँदा अदालतमै उपस्थित थिए।

उनीहरूले दुवैले छोराले गरेको आक्रमणप्रति दुःख व्यक्त गरेका छन्। एउटा ऐतिहासिक फैसलामा न्यायाधीशहरूले एथान क्रम्बलीका आमाबाबुलाई छोराको हत्याको लागि अनैच्छिक रूपमा दोषी ठहर्याएका थिए।

न्यायाधीश शेरिल म्याथ्यूजले आमाबाबुलाई दिइएको १० र १५ वर्षको जेलले भविष्यमा यस्तै घटनाहरू रोक्न मद्दत गर्ने बताएका छन्। अभियोजन पक्षले बालकका आमाबुवाले छोराको बिग्रँदै गएको मानसिक स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाएको थियो।

साथै सन् २०२१ मा आक्रमणका लागि युवकले प्रयोग गरेको बन्दुक पनि उनका अभिभावकले किनेका थिए।

आक्रमणको समयमा युवक १५ वर्षका थिए। अक्सफोर्ड हाईस्कुलमा सेमी अटोमेटिक बन्दुकले गोली चलाउँदा चार विद्यार्थीको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए। हाल ती युवक जेलमा छन्।

चैत २८, २०८० बुधबार ०९:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।