राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन आज, विमला र विष्णुदेवीको प्रतिस्पर्धा

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन आज, विमला र विष्णुदेवीको प्रतिस्पर्धा

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ।

दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षर प्रक्रियाद्वारा उपाध्यक्षको निर्वाचन गर्ने कार्यक्रम तय भएको छ।

सभाको उपाध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी विमला घिमिरे र प्रतिपक्षीबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएका छन्।

राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि भागबण्डामा उपाध्यक्ष एमालेले लिने सहमति अनुसार नै घिमिरेलाई साझा उम्मेदवार बनाइएको हो।

यसअघि माओवादीबाटै सभा उपाध्यक्षको प्रतिनिधित्व गरेकी उर्मिला अर्यालले राजीनामा दिएकी थिइन्।

चैत २८, २०८० बुधबार ०७:५७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।