च्याम्पियन्स लिग : आर्सनल र बार्यन तथा रियल मड्रिड र सिटीले बराबरी खेल

च्याम्पियन्स लिग : आर्सनल र बार्यन तथा रियल मड्रिड र सिटीले बराबरी खेल

काठमाडौं : युईएफए च्याम्पियन्स लिगको पहिलो लेगको क्वार्टरफाइनलमा आर्सनल र बार्यन म्यूनिख तथा रियल मड्रिड र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन्।

मंगलबार अबेर राति भएको खेलमा आर्सनल र बार्यनले २–२ गोलको बराबरी खेल्दा मड्रिड र सिटीले ३–३ गोलको बराबरी खेले।

आर्सनलका लागि बुकायो साकाले १२औं र लियान्द्रो ट्रोसार्डले ७६औं मिनेटमा गोल गर्दा बार्यनका लागि सर्ज जिनाब्रीले १८औं र ह्यारी केनले ३२औं मिनेटमा गोल गरे।

यस्तै अर्को क्वार्टरफाइनल खेलमा सिटीका लागि बेर्नान्द्रो सिल्भाले दोस्रो, फिल फोडेनले ६६औं र जोस्को ग्भारडोयलले ७१औं मिनेटमा गोल गरे।

मड्रिडका लागि पहिलो गोल १२औं मिनेटमा सिटीका रुबेन डियासले गरे। आत्मघाती गोलबाट खेलमा फर्किएको मड्रिडले त्यसपछि खेलको १४औं मिनेटमा रोड्रिगोले गोल गरे।

त्यसपछि ७९औं मिनेटमा फेडेरिको भाल्भेर्डेले गोल गरेपछि खेल ३–३ को बराबरीमा पुग्यो।

पहिलो लेगकै बाँकी दुई क्वार्टरफाइनल खेलहरू आज राति हुनेछ। आजको खेलमा पीएसजी र बार्सिलोना तथा एट्लेटिको मड्रिड र डोर्टमण्ड भिड्दैछन्।

२८ चैत, २०८०, ०७:२३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।