डोल्पामा आगो नियन्त्रणकोक्रममा घाइते तीन सैनिकको मृत्यु

डोल्पामा आगो नियन्त्रणकोक्रममा घाइते तीन सैनिकको मृत्यु

काठमाडौँ : डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणकाक्रममा घाइते भएका मध्ये ३ जना नेपाली सैनिकको मृत्यु भएको छ। 

उपचारकोक्रममा उनीहरूको मृत्यु भएको हो। एक जनाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको थियो भने थप २ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो। एक जना घाइतेको कीर्तिपुरकै अस्पतालमा उपचार भइरहेको छ। 

चैत २७, २०८० मंगलबार २०:४४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।