सशस्त्रको केन्द्रीय गोदामको आगलागी छानबिन गर्न दोस्रो समिति गठन

सशस्त्रको केन्द्रीय गोदामको आगलागी छानबिन गर्न दोस्रो समिति गठन

काठमाडौँ : सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भएको आगलागीको घटनाको छानबिन गर्न गृह मन्त्रालयले समेत छानबिन समिति गठन गरेको छ।

सोमबार सशस्त्र प्रहरी बलले एआइजीको नेतृत्वमा समिति गठन गरेको थियो। मङ्गलवार गृह मन्त्रालयले सह-सचिव भरतमणि पाण्डेको नेतृत्वमा समिति गठन गरेको हो।

सोमबार कार्य विभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। गृहले गठन गरेको समितिमा सशस्त्रका  डिआइजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक र कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य रहेका छन्। समितिलाई अनुसन्धानका लागि १० दिनको समय तोकिएको छ।

सोमबार सशस्त्रको बन्दोबस्ती र लत्ताकपडाहरू रहेको गोदाममा अकस्मात् आगलागी भएको थियो। आगलागी मध्यरातमा मात्रै नियन्त्रणमा आएको थियो। आगलागीको कारण प्रस्ट खुलेको छैन।

चैत २७, २०८० मंगलबार २०:२९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।