संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडानपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मलाई स्थगित

संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडानपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मलाई स्थगित

काठमाडौं : प्रतिनिधि सभाको आजको बैठक नियमित कारबाही सुरु हुनासाथै स्थगित भएपछि भोलि बस्ने गरी अन्त्य भएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारीको बचत रकम अपचलनमा नाम मुछिएको बिषय छानबिन गर्न संसदीय समिति माग गरिरहेको नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक अघि बढ्न पाएन। 

आज बिहान संसदीय दलबाट संसदीय समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री निवासमा सभामुखसहितको उपस्थितिमा भएको  छलफलमा पनि पछि नहट्ने अडान दोहोर्याएको थियो।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ कांग्रेसले यही माग पूरा हुनुपर्ने माग गर्दै यो पूरा नभईकन अरु कारबाही अगाडि नबढाउन माग गरेपछि सभामुखले सदन स्थगित गरेर २८ गते बस्ने सूचित गरेका हुन। 

२७ चैत, २०८०, १५:४२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।