रविलाई समिति बैठकमा बोलाएकोबारे पार्टी संसदीय दलको बैठकमा सांसद खतिवडाले ‘झुट बोले’

रविलाई समिति बैठकमा बोलाएकोबारे पार्टी संसदीय दलको बैठकमा सांसद खतिवडाले ‘झुट बोले’

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको विषयमा कांग्रेस सांसद तथा समिती सभापति रामहरि खतिवडाले आफ्नै पार्टीको संसदीय दलको बैठकमा झुटो बोलेका छन्।

पार्टीले छानबिन समितिको माग गर्दै संसद्मा बोल्न नदिएका रविलाई खतिवडाले समितिको बैठकमा बोलाएर प्रस्टीकरणको मौका दिएको भन्दै मङ्गलवार बसेको पार्टीको संसदीय दलको बैठकमा केही सांसदहरूले खतिवडासँग प्रश्न राखेका थिए।

तर उनले बैठकमा आफूले नबोलाए तर समितिको सदस्य समेत रहेका लामिछाने आफैँ आएको भनेर झुट बोलेका थिए। तर चैत १४ गतेको राज्य व्यवस्था समितिको बैठकमा समितिले लामिछानेलाई समेत बोलाएको थियो।  ‘गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल’ भन्दै समितिले गृहमन्त्रीलाई समेत पत्र पठाएको थियो।

चैत १२ गते समिति सचिव सुरजकुमार दुराले उपप्रधान तथा गृहमन्त्री रविलाई समितिको बैठकमा उपस्थित हुन पत्र पठाएको देखिन्छ। तर उनी समितिको बैठकमा नबोलाएको भन्दै झुट बोलिरहेका छन्।

तर खतिवडाले समितिले उनलाई नबोलाएको भन्दै झुट बोलिरहे।  ‘पत्र काटेर बोलाएको होइन, उहाँ समितिको सदस्य भएकाले आफैँ आउनु भएको हो,’ खतिवडालेले बैठकमा झुट बोल्दै भने।

चैत २७, २०८० मंगलबार १४:०६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।