राष्ट्रियसभा उपाध्यक्षमा एमाले र कांग्रेसबाट क्रमश: विमला र विष्णुदेवीको उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपाध्यक्षमा एमाले र कांग्रेसबाट क्रमश: विमला र विष्णुदेवीको उम्मेदवारी दर्ता

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षमा एमाले र कांग्रेसले उम्मेदवारी दर्ता गराएका छन्।

एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले संसद भवन बानेश्वर पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

घिमिरेलाई सत्ता गठबन्धनको पनि समर्थन हुँदा पुडासैनी कांग्रेस एक्लैको उम्मेदवार हुन्।

यद्यपि, माधव नेपाल नेतृत्वको नेकपा एसले दाबी छाडेको छैन। त्यसबारेमा तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास पनि जारी छ।

यसअघि सत्ता गठबन्धन फेर्ने बेला एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो।

तर, गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो।

माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन्।

५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा यही २८ गते हुँदैछ।

चैत २७, २०८० मंगलबार १२:३१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।