गगन थापा र कृष्ण सिटौला बालुवाटारमा

गगन थापा र कृष्ण सिटौला बालुवाटारमा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्ण प्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन्।

सदनको अवरोध खुलाउने उपायबारे छलफल गर्न प्रधानमन्त्रीले विपक्षी दलका नेता शेरबहादुर देउवालाई बोलाए पनि देउवाले सिटौला र महामन्त्री थापालाई बालुवाटार पठाएका हुन्।

बालुवाटारमै एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेता पनि छलफलमा छन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको छ।

चैत २७, २०८० मंगलबार ११:५५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।