सूर्यग्रहण लाग्दा अमेरिकाको अर्कान्सासमा तीन सय जोडीको विवाह

एजेन्सी : सूर्यग्रहण लाग्दा अमेरिकाको एक शहर तीन सय जोडीले विवाह गरेका छन्।
अमेरिकी राज्य अर्कान्सासका तीन सय जोडीले सूर्यग्रहण र आकाश अँध्यारो हुँदा विवाह गरेको बीबीसीले जनाएको छ।
नेपाल लगायतका पूर्वीय सभ्यतामा ग्रहण लागेको बेलामा शुभकार्य गर्नुहुँदैन भन्ने मान्यता छ। तर, पश्चिमा संस्कृति यहाँभन्दा भिन्न छ।
मेक्सिकोको तटबाट सुरू भएर क्यानाडाको न्यूफाउन्डल्याण्डमा सकिएको सूर्यग्रहण लाखौं मानिसले हेरे।
नियाग्रा फल्समा रहेको बादलमा पनि ग्रहणको प्रभाव परेको समाचारमा उल्लेख छ।
सूर्यग्रहण घरबाट टाढा गएर हेर्ने मानिसहरूको संख्या धेरै थियो।
चैत २७, २०८० मंगलबार १०:४१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।