उप-निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

उप-निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं : उप-निर्वाचनका लागि मंगलबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ।

निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ।

उप-निर्वाचन हुने इलाम-२ मा २० र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन्।

२०८१ वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख छ।

एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि इलाम-२ माउपचुनाव हुन लागेको हो।

यस्तै नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएकाले बझाङ १ (१) मा उपचुनाव हुन लागेको हो।

चैत २७, २०८० मंगलबार ०७:४४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।