आईपीएलमा कोलकाताको पहिलो हार, चेन्नई सात विकेटले विजयी
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको हो।
कोलकाताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७ ओभर ४ बलमा तीन विकेट गुमाएर पूरा गर्यो। चेन्नईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए।
शिभम दुवेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे। यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे।
कोलकत्ताका लागि वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए।
त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो।
कोलकत्ताका लागि श्रेयस ऐयरले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। यस्तै नरिनले २७ तथा आकृष रघुवंशीले २४ रन जोडे। अन्य ब्याटरको उल्लेख्य प्रदर्शन रहेन।
चेन्नईका लागि तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३-३ विकेट लिँदा मुस्तफिजुर रहमानले २ तथा महिश थिकसनाले १ विकेट लिए।
जितसँगै चेन्नई पाँच खेलमा तीन जित सहित तालिकाको चौथो स्थानमा छ। कोलकाता भने चौथो खेलमा पहिलो हार बेहोर्दै दोस्रो स्थानमा यथावत् छ।
आईपीएलमा आज पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद भिड्दैछन्।
चैत २७, २०८० मंगलबार ०७:४१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।