सशस्त्रको केन्द्रीय गोदाममा भएको आगलागीबारे छानबिन गर्न समिति गठन

सशस्त्रको केन्द्रीय गोदाममा भएको आगलागीबारे छानबिन गर्न समिति गठन

काठमाडौँ : काठमाडौँको बलम्बुमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा आगलागी घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानबिन समिति गठन भएको छ।

बलम्बुमा रहेको बलको केन्द्रीय स्टोरमा भएको आगलागी नियन्त्रणमा आएको छैन। बलका बन्दोवस्तीका सामानहरू राखिएको गोदाममा भएको आगलागीबारे छानबिन गर्न दाहालको नेतृत्वमा समिति गठन भएको बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

चैत २६, २०८० सोमबार २०:५९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।