आईपीएलमा आज चेन्नई र कोलकाता भिड्दै

आईपीएलमा आज चेन्नई र कोलकाता भिड्दै
फाइल तस्बिर

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को बाइसौं खेलमा आज चेन्नई सुपरकिंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन्।

खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा चेन्नईको घरेलु मैदान चेपकस्थित एमएक चिदम्बरम स्टेडियममा हुनेछ।

कोलकाताको टोली तीनमा तीनै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहँदा चार खेल खेलेको चेन्नईले भने दुईमा मात्र जित निकालेको छ।

दुई टोलीबीच हालसम्म खेलेका २९ खेलमध्ये १८ खेल चेन्नई जित्दा बाँकी खेल कोलकाताको पक्षमा गएको थियो।

चेपकको मैदानमा भने दुई टोलीबीच भएका १० खेलमा चेन्नईले ७ सातमा जित हात पार्दा कोलकाताले तीनमा मात्र जितेको आँकडा बताउँछ।

२६ चैत, २०८०, १३:२४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।