संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने कांग्रेसको निर्णय

संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उप-प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउने अडानबाट पछि नहट्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफूहरूले उठाएको मागबाट पछि नहट्ने निर्णय गरेको हो।

संसदीय छानबिन समितिको मागसहित थप छलफल गर्नको संसदीय दलको बैठक बोलाएको सह-महामन्त्री बद्री पाण्डेले बताए।

उनले भने, ‘आज समग्र विषयमा पदाधिकारी बैठकमा छलफल भयो। त्यसबारे थप निर्णय लिनको लागि भोलि बिहान ८ बजे संसदीय दलको बैठक बसेर निर्णय लिन्छ।’

यता, दिउँसो २ बजे सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्दैछन्। त्यही छलफलमा जानुअघि देउवाले पार्टी पदाधिकारीहरूसँग छलफल गरेका हुन्।

सभामुखले देउवासहित प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गर्दैछन्। तर, सरकारले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नको लागि समिति बनाउने पक्षमा छैनन्।

सरकारलाई कांग्रेसले भोलिसम्मको ‘अल्टिमेटम’ दिएको छ। भोलि समिति नबनाए बैठक चल्न नदिने कांग्रेसको अडान छ।

चैत २६, २०८० सोमबार १२:३४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।