मनहरिको शिवमन्दिरमा एक पुरुषको शव भेटियो

मनहरिको शिवमन्दिरमा एक पुरुषको शव भेटियो

काठमाडौं : मकवानपुरको मनहरि गाउँपालिका-७ मनहरि बजारमा एक पुरुषको शव भेटिएको छ।

शिव मन्दिरको भजनकृतन गर्ने कोठाभित्र ५१ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार ती पुरुष मकवानपुरको राक्सिराङ गाउँपालिका-२ निङराङ का ५१ वर्षीय डिलबहाखुर थिङ रहेको निजका छोरा २६ वर्षीय सोमलाल थिङले पहिचान गरेका हुन्।

घटनास्थलमा मुचुल्कापछि लासको पोष्टमार्टमको लागि जिल्ला अस्पताल हेटौंडा पठाइएको थियो।

चैत २६, २०८० सोमबार १२:०७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।