११ र १४ सिटे सिएचटिसीका चिनियाँ भ्यान भित्र्याउँदै मेगा ग्रुप
काठमाडौं : चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स)ले नेपालको आधिकारिक बिक्रेताको रूपमा मेगा बिजनेस ग्रुपलाई नियुक्त गरेको छ।
नियुक्त भएसँगै मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरू नेपाली बजारमा बिक्री वितरण गर्ने भएको छ।
व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरू वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीको दाबी छ। अप्रिलको अन्त्यतिर यी भ्यानहरू नेपालमा उपलब्ध हुनेछन्।
भ्यानमा ६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, एक पटक फुल चार्जमा २८५ किलोमिटरको रेञ्ज, लिथिएम आएन ब्याट्री प्याक, २०५ एमएम ग्राउण्ड क्लिएरेन्सका साथै सुविधाजनक लेदर सिट र लेग स्पेस छ।
गाडीमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ। त्यस्तै ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ।
चीनको सरकारद्वारा सञ्चालित सीएचटिसी मोटर्स विश्वको ५०० सर्वोत्कृष्ट कम्पनीहरूमध्येको सिनोमाच ग्रुपको एक इकाई हो।
चैत २६, २०८० सोमबार ०८:४३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।