नेपाल एसबिआई बैंक र विराटनगस न्यूरो अस्पतालबीच सम्झौता

नेपाल एसबिआई बैंक र विराटनगस न्यूरो अस्पतालबीच सम्झौता

काठमाडौं : नेपाल एसबिआई बैंक र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि (न्यूरो अस्पताल) विराटनगरबीच सम्झौता भएको छ।

सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले न्यूरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गरिने उल्लेख छ।

उक्त सम्झौता बंैक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो।

चैत २६, २०८० सोमबार ०८:१६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।