सम्पत्ति शुद्धीकरण मुद्दामा लम्बोदर न्यौपाने दोषी ठहर

सम्पत्ति शुद्धीकरण मुद्दामा लम्बोदर न्यौपाने दोषी ठहर

काठमाडौँ : नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका छन्। २०७८ मा न्यौपानेसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो।

न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। प्रतिवादी बनाइएका रामरत्न उपाध्यायसहित अन्य ८ जनाले सफाइ पाएका छन्।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र रामबहादुर थापाको इजलासले न्यौपानेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ। सजाय निर्धारणका लागि वैशाख १६ गते पेशी तोकिएको छ। 

न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैर कानुनी रूपमा आर्जन गरेको आरोप थियो।

चैत २५, २०८० आइतबार २३:०८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।