एमाले नेता महेशविरुद्ध बलात्कार र भ्रूण हत्याको जाहेरी, अनुसन्धानमा प्रहरी

एमाले नेता महेशविरुद्ध बलात्कार र भ्रूण हत्याको जाहेरी, अनुसन्धानमा प्रहरी

काठमाडौँ : एमाले नेता महेश बस्नेत विरुद्ध बलात्कार र जबर्जस्ती गर्भपतन गराएको भन्दै जाहेरी परेको छ। जिल्ला प्रहरी परिसरमा हुलाकमार्फत आएको जाहेरी दर्ता भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एससएपी भूपेन्द्र खत्रीले जाहेरी आएको र सो अनुसार बुझ्ने काम भइरहेको जानकारी दिए।

जाहेरीमा बबरमहलको अपार्टमेन्टमा बलात्कार गरेको र गर्भ बसेपछि भारतमा लगेर जबर्जस्ती गर्भपतन गराउन लगाएको दाबी गरिएको छ। प्रमाण गायब गराउन आफू बसेको अपार्टमेन्टमा डकैती गराएको समेत जाहेरीमा दबी गरिएको छ।

प्रहरीमा दर्ता भएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार भएको दाबी गरिएको छ। जाहेरीमा बस्नेतले औषधी खुवाएर र अप्रेसन गराएर दुई पटक भ्रूण हत्या गरेको समेत दाबी गरिएको छ। 

चैत २५, २०८० आइतबार १९:३२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।