पेस्तोल देखाएर मोटरसाइकलको डिकीमा राखिएको १५ लाख लुटियो

पेस्तोल देखाएर मोटरसाइकलको डिकीमा राखिएको १५ लाख लुटियो

काठमाडौं : सिरहामा अपरिचित समूहले पेस्तोल देखाएर मनी ट्रान्सफरको १५ लाख रुपैयाँ लुटेका छन्। 

सिरहा नगरपालिकाको गुलरिया नजिकबाट आइतबार अपरान्ह १२  बजे पेस्तोलधारी समूहले मनी ट्रान्सफरका सञ्चालक पुरूषोत्तम यादवसँग १५ लाख रकम लुटेर लगेका हुन्।

सिरहास्थित ग्लोबल आईएमई बैङ्कबाट उक्त रकम झिकेर मोटरसाइकलमा कार्यालय जाँदै गरेका यादवलाई सिरहा-चोहर्वा सडकको गुलरिया नजिक भारतीय नम्बरको मोटरसाइकलमा आएका पेस्तोलधारी समूहले पेस्तोल देखाएर रकम लुटेर लगेको पीडितको बयानलाई उद्धृत गर्दै सिरहा प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए।

सो समूहले रकम लुटेपछि यादव चढेको स ९ प ६३१० नम्बरको मोटरसाइकललाई सडकमै लडाएर भागेका थिए।

यादवले उक्त रकम मोटरसाइकलको डिकीमा राखेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ। 

चैत २५, २०८० आइतबार १३:५३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।