दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौं : तनहुँमा श्रीमान्‌ले दाउराले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।

व्यास नगरपालिका वडा नं ५ साँगेमा  ३५ वर्षीय जीतबहादुर कुमालले शनिबार दिउँसो दाउरा प्रहार गरी श्रीमती ३२ वर्षीय सुकमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

श्रीमतीलाई हत्या आरोपमा कुमाललाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। 

 घटनाबारे थप अनुसन्धान भैरहेको तनहुँ प्रहरीले जनाएको छ।

२५ चैत, २०८०, ०९:३४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।