उपनिर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

उपनिर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं : आगामी वैशाखमा १५ गते हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारविरुद्ध आज उजुरी लिइने भएको छ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २६ गते अपरान्ह ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। 

चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश– १ मा बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ। 

हिजो भएको मनोनयन दर्तामा इलाम २ मा २० जनाको उम्मेदवारी परेको छ भने बझाङ प्रदेशसभा १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

२५ चैत, २०८०, ०८:०८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।