इपिएस टिकटमा भएको एक अर्ब ठगीमा तत्कालीन श्रममन्त्रीको कनेक्सन (भिडियो रिपोर्ट)

काठमाडौँ : इपिएस कोटामा कोरिया जाने कामदारहरुसँग हवाई टिकटमा भएको एक अर्ब बढीको ठगीमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी जोडिएको खुलेको छ। बोलपत्र गरेर सबैभन्दा सस्तोमा टिकट दिनेसँग सम्झौता गर्नुको साटो मन्त्रीको तोकको भरमा वैदेशिक रोजगार विभागले कोरिया जाने नेपालीलाई युनिभर्सल टुर्स एन्ड ट्राभल्स मार्फत महँगोमा टिकट किन्न बाध्य बनाएको खुलेको छ।

यो प्रकरणमा वार्षिक एक अर्बको ठगीमा भइरहेको उकेराले सोमबार सार्वजनिक गरेको थियो। सार्वजनिक रूपमा बोलपत्र गरेर आएका प्रस्तावहरूमध्ये सस्तो प्रस्तावकर्तासँग सम्झौता गरेर इपिएस अन्तर्गत कोरिया जाने नेपाली कामदारहरूलाई हवाई टिकट दिनुपर्नेमा बोलपत्र नै नगरी श्रम मन्त्रीको तोकको भरमा वैदेशिक रोजगार विभाग इपिएस शाखाका अधिकारीले महँगोमा टिकट किन्न बाध्य बनाए।

चैत २४, २०८० शनिबार २२:४५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।