पाथीभरामा केबलकार निर्माण हुनुपर्ने भन्दै र्‍याली निकालियो

पाथीभरामा केबलकार निर्माण हुनुपर्ने भन्दै र्‍याली निकालियो

काठमाडौं : ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्याली निकालिएको छ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिबार सदरमुकाम फुङलिङमा निकालिएको र्यालीमा सयौं जिल्लाबासीको सहभागिता रहेको बताइएको छ। 

‘वृहत् नागरिक सद्भाव र्याली’ भन्ने ब्यानरसहितको उक्त र्यालीमा नौमति बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो।

र्यालीमा उपस्थित स्थानीयले केबलकार बने जिल्लाको विकासमा फड्को मार्ने बताएका थिए। 

कोणसभालाई सम्बोधन गर्दै ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा केवलकार निर्माणले ठूलो टेवा पुऱ्याउने हुँदा यो कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए। 

चैत २४, २०८० शनिबार २१:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।