एकैपटक बदलिए मधेशका ६ जिल्लाको प्रहरी प्रमुख

एकैपटक बदलिए मधेशका ६ जिल्लाको प्रहरी प्रमुख

काठमाडौं : मधेश प्रदेशका छ जिल्लाका प्रहरी प्रमुख बदलिएको छ।

प्रहरी प्रधान कार्यालयले बारा, रौतहट, महोत्तरी, धनुषा  र सर्लाहीका प्रहरी प्रमुख बदलेको हो।

काज सरुवा निकाल्दै बारामा महेन्द्र खड्का, रौतहटमा दिलिप घिमिरे, नकुल पोखरेल महोत्तरी, भुवनेश्वर तिवारी धनुषा र रविन्द्र बहादुर सिंह सर्लाहीमा पठाइएको छ। सर्लाहीका एसपी दयानिधी ज्ञवालीलाई विशेष कार्यदलमा सरुवा गरिएको छ।

मधेश प्रदेशमा रहेका आठ वटा जिल्लामध्ये एकैपटक पाँच जिल्लाका प्रहरी प्रमुख एसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मधेशको बारा, रौतहट, महोत्तरी, धनुषा र सर्लाहीका प्रहरी प्रमुख एसपीको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाराका एसपी सुरेश काफ्लेको नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेतमा सरुवा गरिएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले देशका १६ जिल्लाका एसपीहरुको सरुवा गरेकोमा सो मध्ये मधेशका पाँच जिल्लाका एसपीको सरुवा भएको हो।

२४ चैत, २०८०, २०:४९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।