माओवादीसँगको गठबन्धन टुटेपछि गगन लाइनमा देउवा, कांग्रेस एक्लै लडेर बहुमत ल्याउने गरी लाग्न निर्देशन

माओवादीसँगको गठबन्धन टुटेपछि गगन लाइनमा देउवा, कांग्रेस एक्लै लडेर बहुमत ल्याउने गरी लाग्न निर्देशन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन्। 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा उनले बलियो पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै त्यसको लागि सबैलाई कम्मर कसेर अगाडि बढ्न अनुरोध गरे। 

उनले भने, ‘वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ। त्यसैले सबै पार्टीका साथीहरू एक भएर लाग्नुहोस्। आपसी समझदारी, समन्वय कायम गर्दै देशभर पार्टी जित्न आवश्यक छ। त्यसकारण बहुमत ल्याउनको लागि कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्दछु।’ 

आपसमा घात, अन्तरघात नगरेर एक भएर पार्टीलाई एक्लै लग्नुपर्ने अवस्था आएको पनि उनको भनाई छ। 

यसअघि पार्टीभित्र गठबन्धनको अपरिहार्य रहेको बताउँदै आएका देउवाले माओवादीसँगको गठबन्धन टुटेपछि कांग्रेस एक्लै लड्नुपर्ने बताएका हुन्।

महामन्त्री गगन थापाले गत स्थानीयतह र सघ तथा प्रदेशको निर्वाचनपछि कांग्रेस एक्लै लड्नुपर्ने बताउँदै आएका छन्। 

२४ चैत, २०८०, १६:३६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।