गाजामा युद्धविरामको माग गर्ने प्रस्तावमा भारतसहित १३ देशले मतदान गरेनन्

गाजामा युद्धविरामको माग गर्ने प्रस्तावमा भारतसहित १३ देशले मतदान गरेनन्

काठमाडौं : संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा गाजामा युद्धविरामको माग गर्ने प्रस्तावमा भारतसहित १३ देशले मतदानमा भाग लिएनन्।

शुक्रबार भएको मतदानमा भारतसहित १३ देशले भाग नलिएको र २८ देशले पक्षमा मतदान गरे। अमेरिका र जर्मनीसहित ६ देशले विपक्षमा मतदान गरे।

परिषद्ले पाँचवटा प्रस्ताव पारित गरेको छ। यसमा गाजा पट्टीको घेराबन्दी हटाउन माग गर्ने प्रस्ताव पनि समावेश छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, ‘छ महिनादेखि इजरायली सेनाले गाजामा निरन्तर मृत्यु र विनाश गरिरहेको छ। खाना र पानी नहुँदा बालबालिका मरिरहेका छन्। प्यालेस्टिनी जनताको सामूहिक दण्डलाई कुनै पनि हिसाबले न्यायोचित मान्न सकिँदैन।’

एन्टोनियो गुटेरेसले गाजामा युद्धविरामको लागि निरन्तर अपील गर्दैछन् भने गाजाका सम्पूर्ण जनसंख्या भोकमरीको विन्दुमा पुग्ने चेतावनी दिइरहेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म एक लाखभन्दा बढी प्यालेस्टाइनी मारिएका वा घाइते भएका छन् जसमध्ये एक तिहाइ बालबालिका छन्।

चैत २४, २०८० शनिबार १०:०७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।