पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

काठमाडौं : नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।

बोर्डले शनिबार सार्वजनिक सूचना प्रकाशन गरी सीईओ माग गरेको हो।

आवेदन दिन स्नातकोत्तर गरेको र पर्यटन क्षेत्रमा १० वर्षको कार्यानुभव भएको हुनुपर्नेछ।

३५ वर्ष देखि ६० वर्षसम्मका व्यक्तिले आवेदन बुझाउन सक्नेछन्।

योग्यता पुगेका नेपाली नागरिकलाई १२ दिनभित्र आवेदन बुझाउन भनिएको छ।

आवेदन शुल्क ७ हजार रुपैयाँ तोकिएको छ।

चैत २४, २०८० शनिबार ०८:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।