एनसीएचएल र नेप्सबीच प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता
काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच प्राप्ति सम्बन्धि अन्तिम सम्झौता भएको छ।
बिहीबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठबीच अन्तिम सम्झौता पत्र आदानप्रदान गरिएको हो।
बैठकमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षद्वय श्री रामु पौडेलू, श्री विश्वम्भर न्यौपाने र सम्पूर्ण सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकारीहरू समेतको उपस्थिति रहेको थियो।
अन्तिम सम्झौता पश्चात दुवै संस्थाहरूले छुट्टा–छुट्टै विशेष साधारण सभा मार्फत आफ्नो शेयरधनीहरुको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया समपन्न गरी एकीकृत कार्य गर्नेछ।
बैंक वित्तीय संस्थाहरूबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन्।
नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागी कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिँदै आएको छ। त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिँदै आएको छ।
चैत २३, २०८० शुक्रबार २२:३७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।