५२ केजीको ‘क्वार्ज क्रिस्टल’ पृथ्वीनारायण शाहको गद्दी अगाडि, प्रधानमन्त्रीले गरे प्रतिस्थापन

५२ केजीको ‘क्वार्ज क्रिस्टल’ पृथ्वीनारायण शाहको गद्दी अगाडि, प्रधानमन्त्रीले गरे प्रतिस्थापन

गोरखा : एक स्थानीयको घरमा फेला परेर प्रहरीले सुरक्षा दिएर राखेको बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबारमा प्रतिस्थापन भएको छ। शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरबारमा गएर प्रतिस्थापन गरेका हुन्।

प्रधानमन्त्रीले सो स्टोनलाई पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्। उनले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने दाबी गरे।

प्रहरीले गोरखा नगरपालिका– ७ सतिपिपल स्थित एक घरबाट उक्त स्टोन गत असार १४ गते फेला पारेको थियो।

खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले त्यसको अध्ययन गरी सो ढुङ्गा क्वार्ज क्रिस्टल भएको प्रमाणित गरेका थिए।

उक्त धातुलाई पुरातत्त्व विभागले पनि बहुमूल्य प्रमाणित गरेपछि मन्त्रिपरिषद्ले गोरखा दरबारमा राख्ने निर्णय गरेको थियो। उक्त स्टोनको तौल ५२.३३० केजी रहेको छ। 

चैत २३, २०८० शुक्रबार १७:०१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।