आकर्षक छुट, एक्सचेन्ज सुविधा र सहज फाइनान्सका साथ सामसङले ल्यायो नयाँ वर्षको अफर

आकर्षक छुट, एक्सचेन्ज सुविधा र सहज फाइनान्सका साथ सामसङले ल्यायो नयाँ वर्षको अफर

काठमाडौं : सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सँधैलाई’ अफर ल्याएको छ।

अफर अन्तर्गत ग्राहकले मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशसम्मको र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

यो छुटको अफर २०८१ जेठ २ गतेसम्म लागू हुनेछ।

१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको कम्पनीले नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्ज मध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको छुट दिएको छ।

मात्र आफ्नो नागरिकता पेस गरी ग्राहकहरूले ५५ इन्च वा त्यो भन्दा ठूलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्नेछन्। इनस्टा फाइनान्स सेवा मार्फत इएमआई १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउनेछन् भने ४३ इन्च वा सो भन्दा सानो टिभी खरिद गर्दा इएमआई तिर्न १२ महिनाको अवधि पाउनेछन्।

ग्राहकहरूले आफ्ना नयाँ खरिदहरूबारे पनि पूर्ण रुपमा ढुक्क हुन सक्छन्, किनभने सामसङले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ।

यसको साथै कुनै पनि सामसङ टिभीको खरिद सँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउन सक्नु हुनेछ।

अझ छानिएका सामसङको ७५ इन्च भन्दा ठूलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् भने ए.यु.७७०० मोडलका ५५ इन्च र ६५ इन्च युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८÷१२८) मोबाइल फोनमा पाँच हजारको छुट पाउन सक्नुहुनेछ।

सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ। सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआइटि मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गर्दछ।

सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरुले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टोर डटकममार्फत अनलाइनमा लिन सक्नेछन्।

यसका साथै ग्राहकहरूले अर्कोस्टोर डटकमबाट ५५ इन्च र ६५ इन्चको ए.यु.७७०० क्रिस्टल टिभी अनलाइन एक्सचेन्ज गर्दा ५ हजार ५०० सम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको छ।

चैत २३, २०८० शुक्रबार १२:०९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।