नेपालले टस जित्यो, अर्जुन कुमाल बेन्चमा

नेपालले टस जित्यो, अर्जुन कुमाल बेन्चमा

काठमाडौं : आयरल्यान्ड उल्भ्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्।

नेपाल ‘ए’ टोलीमा आज एक मात्र परिवर्तन गरिएको छ। ओपनर अर्जुन कुमालको स्थानमा नरेन भट्टले टोलीमा मौका पाएका छन्।

बुधबार भएको पहिलो खेलमा नेपाल आयरल्यान्ड उल्भ्ससँग २१ रनले पराजित भएको थियो।

तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो।

तर, म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो।

नेपाल ‘ए’को प्लेइङ ११ : विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल।

चैत २३, २०८० शुक्रबार ०९:२३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।