क्याम्पसको भवन उद्घाटन गर्न तनहुँ जाँदै राष्ट्रपति पौडेल

क्याम्पसको भवन उद्घाटन गर्न तनहुँ जाँदै राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाँदैछन्।

भिमाद बजारको जनज्योति क्याम्पसको १६औं वार्षिकोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल तनहुँ जान लागेका हुन्।

पौडेलले त्यहाँ क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ।

बिहान ११ बजे पौडेल तनहुँ पुग्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भएपछि पौडेल चौथो पटक गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन्।

चैत २३, २०८० शुक्रबार ०९:१२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।