ईपीएल : लिभरपुल शीर्ष स्थानमा, इन्जुरी समयमा कोलले लगातार दुई गोल गर्दा युनाइटेडमाथि चेल्सी हावी

ईपीएल : लिभरपुल शीर्ष स्थानमा, इन्जुरी समयमा कोलले लगातार दुई गोल गर्दा युनाइटेडमाथि चेल्सी हावी

काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ।

गएराति सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो।

लिभरपुलको जितमा डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टर र कोडी गाक्पोले एक एक गोल गरेका थिए।​

शेफिल्डका लागि एक गोल लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती गोल गरेका थिए।

यो जितपछि लिभरपुलको ३० खेलमा ७० अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ।

दोस्रो स्थानमा रहेको आर्सनलको ३० खेलमा ६८ अंक छ भने तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक रहेको छ।​

शेफिल्ड युनाइटेड भने ३० खेलमा केवल १५ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ४–३ गोल अन्तरले हरायो।

चेल्सीका लागि कोल पाल्मरले ह्याट्रिक गर्दा कोनोर गल्लाघेर एक गोल गरे। युनाइटेडका लागि अलेजान्द्रो गर्नाचोले दुई गोद गर्दा ब्रुनो फर्नान्डेसले एक गोल थपे।

चेल्सीका लागि खेलको चौथो मिनेटमा कोनोरले गोल गरेर सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको उन्नाइसौं मिनेटमा पेनाल्टीमार्फत कोलले दोस्रो गोल थपेर खेललाई २-० मा पुर्याए।

तर, खेलको चौतिसौं मिनेटमा युनाइटेडका अलेजान्द्रो र उनन्चालिसौं मिनेटमा ब्रुनोले गोल गरेर पहिलो हाफको अन्त्यमा खेललाई २-२ को बराबरीमा पुर्याए।

त्यसपछि दोस्रो हाफमा थप तीन गोल हुन पुग्यो। खेलको ६७औं मिनेटमा अलेजान्द्रोले गोल गरेर खेललाई ३-२ को अवस्थामा पुर्याए।

तर, इन्जुरी समय दशौं र एघारौं मिनेटमा कोलले लगातार दुई गोल थप्दै चेल्सीलाई ४-३ गोल अन्तरले पराजित गर्यो।

जितसँगै चेल्सी २९ खेलबाट ४३ अंक बटुलेर दशौं स्थानमा हुँदा युनाइटेड ३० खेलबाट ४८ अंकसहित छैटौं स्थानमा छ।

चैत २३, २०८० शुक्रबार ०७:४६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।