बलिउडमा सबैभन्दा धेरै फ्लप फिल्म दिएर रेकर्ड बनाएका मिथुन चक्रवर्ती : १८० फिल्म फ्लप, तर स्टारडम हिट !
काठमाडौं : बलिउडका हरेक स्टारले सफलता र असफलताको समय देखेका छन्।
शाहरुख खानदेखि लिएर अक्षय कुमार हुँदै सलमान खानसम्म आइपुग्दा अधिकांश फिल्म हिट भए पनि कुनै समय उनीहरुले करिअरको खराब अवस्थाको पनि सामना गरेका छन्।
यद्यपि बलिउडमा यस्ता कम स्टार पनि छन्, जो असफलताको असर आफ्नो स्टारडमलाई पर्न दिएका छैनन्।
आफ्नो करिअरमा झण्डै १ सय ८० वटा फ्लप फिल्म दिए पनि ‘डिस्को डान्सर’ अभिनेता अर्थात् मिथुन चक्रवर्तीले आफ्नो स्टारडमलाई फ्लप हुन दिएका छैनन्।
मिथुनले बलिउडमा आफ्नो नाममा सबैभन्दा बढी फ्लप फिल्म दिने अभिनेताको रेकर्ड बनाएका छन्।
सन् १९८० देखि ९० को दशकमा मिथुनले बलिउडमा एकछत्र राज गर्दा पनि उनले फ्लप फिल्मको संख्या उत्तिकै दिए। हरेक वर्ष उनको एक दर्जन फिल्म रिलिज हुन्थ्यो।
उनले करिअरमा २ सय ७० बढी फिल्ममा काम गरे, जसमा १ सय ८० त फ्लप नै भए।
सबैभन्दा बढी फ्लप फिल्म दिने अभिनेताको नाममा जितेन्द्र दोस्रो नम्बरमा पर्छन्। उनी अभिनीत १ सय १ फिल्म फ्लप छन्।
९० को दशकको अन्तिम समयमा मिथुनका लगातार ३३ फिल्म फ्लप भए। फिल्म फ्लप भए पनि उनको स्टार स्टाटसमा कुनै असर परेन। उनले आफ्नो करिअरमा ५० हिट फिल्म, ३ ब्लकबस्टर र ९ सुपरहिट फिल्म पनि दिए।
५० हिट फिल्मका अलावा उनले ७ औसत फिल्म पनि दिए।
चैत २२, २०८० बिहीबार १९:५५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।