सुमना नगएपछि स्थगित भयो शिक्षा समितिको बैठक

काठमाडौं : बिहीबार बस्ने तय भएको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ।
शिक्षामन्त्री सुमना श्रेष्ठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।
विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न बसेको बैठक करिब आधा घण्टा सञ्चालन गरेर स्थगित गरिएको थियो।
दुई संशोधनकर्ताले बोलेपछि सांसद एवं संशोधनकर्ताले मन्त्री नआएको भन्दै बैठक स्थगित गर्न माग गरेपछि समिति सभापति अम्बरबहादुर थापाले शिक्षामन्त्री मन्त्रिपरिषद्को बैठकमा व्यस्त रहेको जानकारी गराउँदै स्थगितको घोषणा गरे।
विधेयकमाथि १७५८ संशोधन परेको छ।
चैत २२, २०८० बिहीबार १४:५५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।