बुधबार राति संसारभर डाउन भएको थियो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप

बुधबार राति संसारभर डाउन भएको थियो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप

काठमाडौं : गएराति मेटाका सबै प्लेटफर्महरू व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएको पाइएको छ।

प्राविधिक गडबडीका कारण करिब एक घण्टा यी तीनै प्लेटफर्महरू बन्द भएकोमा अहिले भने सञ्चालन भइरहेका छन्।

विश्वभरका हजारौं प्रयोगकर्ताहरूले बुधबार राति तीनवटै प्लेटफर्महरू चलाउन समस्या भएको भन्दै रिपोर्ट गरेका थिए। धेरै मानिसहरूले एक्समा यसबारे ट्वीट गरेका थिए।

नेपाली समयअनुसार राति ११:४५ बजेतिर मेटाका तीनवटै प्लेटफर्ममा समस्या सुरु भएको देखिन्छ।

वेबसाइट र एप्सको समस्या ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार व्हाट्सएपका ८० हजारभन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका छन्।

कयौं रिपोर्टपछि एक्समा एक पोस्ट गर्दै व्हाट्सएपले भनेको थियो, ‘हामीलाई थाहा छ केही व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरूको सामना गरिरहेका छन्। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौं।’

यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो।

चैत २२, २०८० बिहीबार ०९:४१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।