अदालतमा सेटिङ गरेर कैदीबन्दी छुटाइदिन्छु भन्दै ९ लाख बढी ठगी, एक पक्राउ

अदालतमा सेटिङ गरेर कैदीबन्दी छुटाइदिन्छु भन्दै ९ लाख बढी ठगी, एक पक्राउ

काठमाडौं : कारागारमा रहेका कैदीलाई अदालतमा सेटिङ गरेर छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी नकुल पोखरेलले जानकारी दिए।

पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १३ कलंकी बस्ने ३७ वर्षीय शिशिरकुमार भट्ट छन्।

उनले बैकिङ कसुर, वैदेशिक रोजगार जस्ता विभिन्न मुद्दामा उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका कैदीहरूलाई अदालतको सेटिङ मिलाई कारागारबाट छुटाई दिन्छु भनी ९ लाख ८० हजार ९ रुपैयाँ ठगेको आरोप छ।

ठगी गरेको उजुरीपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस घटनामा थप अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।

चैत २१, २०८० बुधबार २२:०३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।